एजेन्सी: ईङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनहम हट्सपरलाई पराजित गरेको छ ।

आइतबार राति टोटेनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरले २–० को जित निकालेको हो ।

पहिलो हाफको ईन्ज्युरी समयमा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई अघि बढाएका थिए ।

खेलको ६०औँ मिनेटमा बल जोगाउने क्रममा टोटेनहमका डिफेन्डर टोबी एन्डेविरेल्डले आत्मघाति गोल गरेका थिए ।

जितसहित लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टोटेनहम २५ अंकसहित चौथो स्थानमा छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version