काठमाडौँ: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको छलफल सकिएको छ ।

ओलीले आफू पक्षीय नेतालाई आज बालुवाटार बोलाएका थिए । भेलामा विघटित प्रतिनिधि सभाका १ सयभन्दा बढी सांसद तथा केन्द्रीय नेता सहभागी थिए।

भेलामा सबै पूर्व नेकपा एमालेका थिए । पूर्वमाओवादीतर्फबाट लेखराज भट्टमात्र सहभागी भएका थिए ।

हिजो स‌ंघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि त्यसको विरोध सुरु भएको छ । यसै विषयमा छलफल गर्न ओलीले आफू निकटका नेतालाई बालुवाटार बोलाएका थिए ।

यसपछि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version