काठमाडौं : संसद विघटनपछि रिक्त भएका मन्त्रालयमा आज नयाँ मन्त्रीले नियुक्ति पाउँदैछन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमा मन्त्रिपरिषद् पुनर्गठन गर्दै रिक्त सात मन्त्रालयमा नयाँ मन्त्रीलाई नियुक्त गर्दैछन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै सात मन्त्रीले राजीनामा दिएका थिए । त्यही रिक्त मन्त्रालयहरुमा टोपबहादुर रायमाझी, प्रभु साह, दावा तामाङ, मणि थापा, गौरीशंकर चौधरीलगायत मन्त्रीले नियुक्ति पाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार नवनियुक्त मन्त्रीहरुको आजै साँझ शपथ कार्यक्रम रहेको छ।
‘मन्त्रिपरिषद विस्तार हुने जानकारी प्रधानमन्त्री कार्यालयबाट आएको छ’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘आजै साँझ ७ बजे शपथग्रहण कार्यक्रम आयोजना हुँदैछ।’
