अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभागीय त्रिभुवन आर्मी क्लबलाई एएफसी क्लब लाइसेन्सको प्रमाणपत्र दिएको छ।

 

आर्मी हेडक्वार्टरमा आयोजित एक कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रधान सेनापति पूर्णचन्द्र थापालाई क्लब लाइसेन्सको प्रमाणपत्र दिएका हुन्।

 

विभागीय आर्मी एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्स पाउने पहिलो र एक्लो क्लब हो। एफसी क्लब लाइसेन्सिङ रेगुलेसन २०२० को सबै मापदण्ड पूरा गरेपछि आर्मीले सो लाइसेन्स पाएको हो।

 

त्यसअघि एएफसीको फस्र्ट इन्स्ट्यान्ट बडीले क्लब लाइसेन्स दिन अस्वीकार गरेपछि आर्मीले द अपिल बडीमा निर्णय पुनर्विचार गर्न निवेदन दिएको थियो। सोही निवेदन सुनुवाइ गर्दै आर्मीलाई अपिल बडीले लाइसेन्स दिने निर्णय गरेको थियो।

योसँगै आर्मी अब त्रिभुवन आर्मी फुटबल क्लबका रुपमा दर्ता भएको छ। आर्मीले अब एएफसीले आयोजना गर्ने प्रतियोगितामा सहभागी हुन पाउनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version