काठमाडौँ: भारतीय अर्बपति मुकेश अम्बानी र चिनियाँ अर्बपति ज्याक मालाई पछाडि पार्दै चीनका जोङ सानसन एसियाकै धनाढ्य व्यक्ति बनेका छन्।

७७ अर्ब ८० करोड डलर सम्पत्ति पुगेपछि उनी एसियाकै धनाढ्य भएभने उनी विश्वकै ११ औं धनाढ्य व्यक्ति पनि बनेका छन्।

गतवर्ष ७० अर्ब ९० करोड सम्पत्ति भएका उनले कोरोना प्रकोपबीच थप सम्पत्ति जोड्न सफल भएका हुन्।

एससीएमपीका अनुसार खोप कम्पनी वान्ताई बायोलोजिकल फार्मेसी इन्टरप्राइज तथा बोतलको पानी बेच्ने कम्पनी नोङफु स्प्रिङका कारण उनको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको हो।

बोतलको पानी बेच्ने कम्पनीको सेयर १५५ प्रतिशतले बढ्नुका साथै खोप कम्पनीको सेयर २ हजार प्रतिशतले बढेपछि सानसनले अम्बानी र ज्याक मालाई पछाडि पारेका हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version