काठमाडौँ: एमसीसीसँग भएको सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ । नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता आना रिची–एलेनले सम्झौता अनुमोदन पछाडि सर्दा नेपाली जनताले पाउने फाइदामा ढिलाइ हुने बताइन् ।

‘एमसीसी अनुमोदन कोष खुला भइरहँदैन, त्यसैले सक्दो चाँडो सम्झौता संसदबाट अनुमोदन गरेर कार्यान्वयनमा लैजानुपर्छ’, उनले भनिन् ।
विद्युतीय प्रशारण लाइन निर्माण र सडक स्तरोन्नति गर्न एमसीसीबाट करिब ५५ अर्ब रुपैयाँ अनुदानका लागि भएको सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने सर्त छ ।

प्रधानमन्त्रीले संसद विघटन गरेपछि अनुमोदन अनिश्चित बनेको खबर कान्तिपुरले छापेको छ । अमेरिकाले पटक पटक एमसीसी छिटो पारित हुनुपर्नेमा जोड दिँदै आएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version