काठमाडौँ: १ लाख ५० हजार घुससहित सव–इन्जिनियर सुरेन्द्र अधिकारी पक्राउ गरेका छन् ।

तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भएका उनले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले अधिकारीलाई सो घुस रकमसहित पक्राउ गरेको हो ।

उनलाई रकम लिइसकेको अवस्थामा भानु नगरपालिका वडा नम्बर २, बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version