चरिकोट, २५ पुस (रासस) :

 

दोलखाको कालिञ्चोक भगवती मन्दिरमा दर्शनका लागि आएकी एक महिलाको मृत्यु भएको छ । दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोकमा दर्शन गर्न आएकी मकवानपुर जिल्ला फापरबारीकी ३३ वर्षीया सम्झना रोका मगरको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

 

दर्शन गर्न कालिञ्चोकको कुरीबजार पुगेको र सामान्य बिरामी भई मन्दिर जान नसकी कुरीस्थित सङ्गीता होटलमा आराम गरी बसेको बेला एक्कासी बेहोस भएपश्चात उपचारका लागि चरिकोट ल्याइएको थियो ।

 

बेहोस भई आज बिहान १०ः३० बजे चरिकोट ल्याइएको रोका मगरको ११ः३० बजे चरिकोट अस्पतालमा मृत्यु भएको थियो । शव चरिकोट अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो ।
–––

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version