काठमाडौँ: इन्डोनेसियाको स्रीविजया एयरको एउटा जहाज जकार्ताबाट उडेको केहीबेरमै शनिबार बेलुकी दुर्घटनामा परेको पुष्टि भएको छ ।

जकार्ताबाट इन्डोनेसियाकै पोन्टियानाकका लागि उडेको उक्त जहाज उडेको केही बेरमै दुर्घटनामा परेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जहाजमा चालक दलका १२ सहित ६२ जना सवार थिए । ५० यात्रुहरुमध्ये ७ जना बालबालिका रहेको जनाइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version