काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता भएको घातक क्यापिट हिंसाअघिको आफ्नो सम्बोधन पूर्ण रूफमा उपयुक्त भएको बताएका छन्।

उनले आफ्नो उक्त सम्बोधनमा संसद्तर्फ मार्च गर्न समर्थकहरूलाई आग्रह गरेका थिए।

उनले हूलदङ्गाको निम्ति उक्साएको आरोपमा डेमोक्र्याटहरूले आफूलाई महाभियोग लगाउन गरिरहेको प्रयासलाई हास्यास्पदको संज्ञा दिएको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपति निर्वाचित जो बाइडनले सपथ ग्रहण गर्ने ज्यानुअरी २० तारिखदेखि ट्रम्पले कार्यालय छाड्दैछन्।

तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा बुधवार उनीमाथि महाभियोग लगाउने प्रस्तावमा मतदान हुने ठानिएको छ।

तर ट्रम्पले भने, मलाई लाग्छ त्यसले हाम्रो देशमा भयानक खतरा र भयङ्कर आक्रोश निम्त्याउँछ। म हिंसा चाहन्न।

उनी मेक्सिकोसँगको सिमानामा निर्मित पर्खालको अवलोकन भ्रमणको निम्ति टेक्ससतर्फ प्रस्थान गर्दा संवाददाताहरूसँग बोल्दै थिए।

पाँचजनाको ज्यान गएको र कम्तीमा ६० जना प्रहरी सहित दर्जनौँको सङ्ख्यामा मानिसहरू घाइते भएको क्यापिटल भवनको हिंसापछि उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन्।

वासिङ्टनमा ज्यानुअरी ६ तारिखमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने अप्रमाणित दाबी दोहर्‍याएका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version