काठमाडौं: चन्द्रागिरिको आईपीओ भर्नेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट मिल्ने भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं बर्षिक सधारण सभाले उक्त निर्णय गरेको हो ।

साधारण सभाको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिनुहुने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको हो ।

चन्द्रागिरि हिल्सको साधारण सेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वास अनि सबैलाई सेयर पर्ने सम्भावना न्यून रहेको हुँदा सम्पूर्ण आवेदकहरुको सम्मान गर्दै कम्पनीका अध्यक्ष ढकालले यो योजना सार्वजनिक गरिएको जानकारी दिए ।

स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको सेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७ सय ४६ आवेदकले सेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै यो योजना मिति २०७७ माघ ५ देखि १ बर्ष सम्मको लागि मान्य हुनेछ ।

कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारण सभामा कम्पनीको वित्तिय अवस्था मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version