काठमाडौँ: मुलुकभर आज पनि पश्चिमी वायुको सामान्य प्रभाव परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईमा भने बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ । बाँकी भू-भागको मौसम सामान्यतय सफा रहेको छ ।

आज दिउँसो गण्डकी प्रदेश र प्रदेश न. १ का उच्चपहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले जारी गरेको तीनको मौसम पूर्वानुमान वुलेटिनमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version