काठमाडौँ: चार पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।

पूर्व प्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध बुधबार सर्वोच्चमा मुद्दा दर्ता भएको हो। अधिवक्ता लोचन भट्टराईले चार पूर्व प्रधानन्यायाधीशको संयुक्त वक्तव्यले अदालतको मानहानी गरेको भन्दै रिट दर्ता गरेका हुन्।

यसअघि मंगलबार प्रक्रिया नमिलेको भन्दै फिर्ता पठाइदिएको सर्वोच्चले बुधबार दर्ता गरिदिएको भट्टराईले नेपालखबरलाई बताए।

पूर्व प्रधानन्यायाधीश रहिसकेका व्यक्तिले प्रेस विज्ञप्ति जारी गरी दिएको अभिव्यक्तिले सर्वोच्च अदालतले गरेका निर्णय, फैसलाहरु सबै आफ्नो निहित स्वार्थ अनुकुल हुनु पर्ने, अनुकूल भएको खण्डमा स्वागत गर्ने र अनुकूल नभएको खण्डमा तुरुन्त नकारात्मक धारणा, खण्डन र आलोचना गर्ने र गर्न मिल्ने रहेछ भन्ने कुरालाई लक्षित र प्रमाणित गरेको आरोप रिटमा लगाइएको छ।

यस्ता प्रकारका संविधान र कानून विपरीत कार्य गर्नु, निष्पक्ष र स्वतन्त्र तथा सक्षम न्यायालयलाई प्रभावित गर्ने गरी प्रेस विज्ञप्ती जारी गरी अदालतको अनआस्था फैलाउने कार्य विपक्षीबाट भएको निवेदनमा उल्ल्ेख छ।

यस्तो कार्यले समाजमा अदालतप्रति विश्वास र स्वतन्त्र, सक्षम न्यायपालिकाको गरिमाप्रति अनास्था फैलाउने कार्यले अराजकतालाई प्रोत्साहन गर्ने भन्दै अवहेलनाको मुद्दा दर्ता गरेको भट्टराईले उल्लेख गरेका छन्।

उक्त रिटमाथि सर्वोच्चले बिहीबार पेसी तोकेको छ।

यसअघि मंगलबार प्रधानमन्त्री केपी ओलीविरुद्ध दुई र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलनासम्बन्धि मुद्दा दर्ता भएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version