काठमाडौं: नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर बाँडफाँट भएको छ। बुधबार प्रि-अलटमेन्ट भएको थियो।

५० कित्तासम्म माग अनुसार नै उपलब्ध भएको छ। कम्पनीले न्यूनतम १० कित्तामा पनि आवेदन गर्ने व्यवस्था गरेको थियो।

५० कित्तासम्म बाँडफाँटपछि गोलप्रथा गरिएको थियो। ४९ लाख २० हजार ७२० कित्ता सेयर गोलाप्रथाबाट वितरण गरिएको छ।

बैंकको सेयर १४ लाख ७५ हजार ८ जनाले प्राप्त गरेका छन्। ६० कित्तादेखि २ लाख कित्तासम्म माग गर्नेलाई ५० कित्ता अनिवार्य र थप १० कित्ता शेयर बाँडफाँड गरिएको छ। ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट बाँडफाँड गरिएको हो।

४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता सहित ६० कित्ता शेयर पाएका छन्। १४ लाख ७५ हजार ८ वटा आवेदन मात्र स्वीकृत भएको थियो। ६२७६ वटा आवेदन रद्द भएका छन्।

कम्पनीले ८ अर्बको सेयर जारी गरेको हो। सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २० अर्ब पुग्ने छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version