काठमाडौँ: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । बैंकको आईपीओ शुक्रबार साँझ लगानीकर्ताहरुको खातामा जम्मा गरिएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेले बैंकको शेयर एनआइएफआरए (NIFRA) संकेतमा डिम्याट खातामा जम्मा गरेको छ । यससँगै बैंकको शेयर यहि कारोबार संकेतमा नेप्सेमा कारोबाररमा आउनेछ । बैंकको आईपीओ अब नेप्सेमा सूचीकृत भएपछि त्यसको भोलिपल्टबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

बैंकको आईपीओ शेयर लगानीकर्ताको खातामा जम्मा भएपनि नेप्सेमा कारोबारका लागि सूचीकरण हुन बाँकी नै रहेको छ । बिहीबारको आम हड्ताल र शुक्रबारको नेकपाको शक्ति प्रदशनका कारण बैंकको आईपीओ सूचीकरणमा ढिलाई भएको बताइएको छ ।

बैंकले यहि माघ २ गते देखि माघ ६ गते मंगलबारसम्म आपीओ निष्काशन गरेको थियो । जसमा १० देखि ५० कित्तासम्म शेयर माग गर्ने आवेदकलाई माग अनुसार नै शेयर पाएका थिए भने ५० देखि धेरै शेयर माग गर्ने लगानीकर्ताहरुबाट ४ लाख ९२ हजार ७२ जनालाई गोलाप्रथाबाट थप १० कित्ता गरी ६० कित्ता शेयर प्राप्त गरेका थिए ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये१ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, र ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि बाँडफााड गरिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version