काठमाडौँ: नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्याँस र पट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले खाना पकाउने ग्याँसको भाउ सिलिन्डरमा २५ रुपैयाँ र पेट्रोल तथा डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो ।

नयाँ मूल्य नुसार अब उपभोक्ताले एक लिटर पेट्रोलको मूल्य ११२ र डिजेल र मटटीतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य पनि बढेर प्रति सिलिन्डर १ हजार ४०० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

खाना पकाउने ग्याँसको भाउ एक वर्षपछि बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार बढेको मूल्य अनुसार पनि निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्याँसमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको बताए । बढेको मूल्यमा पनि निगमलाई १५ दिनमा ७३.८७ करोड घाटा रहने उनको भनाई छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version