काठमाडौँ: मुलुकमा फेरि पश्चिमी वायुको प्रभाव सुरू भएको छ ।

पश्चिमी वायुकै प्रभावले आज उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको सुदूरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आकाश राम्रो नखुल्दा काठमाडौँ उपत्यकामा धुम्म देखिएको छ । तराईका अधिकांश क्षेत्रमा हुस्सु लागेको छ । आज बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम ७.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाका मौसमविद् वरूण पौडेलले जानकारी दिए ।

आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version