काठमाडौं: नेपाल विद्युत प्राधिकरणले बागमती प्रादशिक कार्यालय प्रमुख सहित मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बागमति प्रादेशिक कार्यालय प्रमुख श्रीराम पाण्डेसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

त्यस्तै ग्राहक तथा वितरण सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बागमती प्रादेशिक कार्यालय अन्तर्गतका २० वटा वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

शुक्रबार प्राधिकरण मुख्यालयमा विद्युत खपत बढाउने, चुहावट घटाउने र गुणस्तरीय विद्युत आपूर्तिमा सुधार गर्ने गरि बागमति प्रदेश अन्तर्गतका २० वटा वितरण केन्द्रसँग कार्यसम्पादन सम्झौता गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले यस अघि प्रदेश २ र गण्डकी प्रादेशिक कार्यालयसँग पनि कार्यसम्पादन सम्झौता गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version