धनकुटा: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाको आधिकारिकता आफूहरुले पाउने दाबी गरेका छन ।

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार धनकुटामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय सदस्यको संख्याका आधारमा पार्टीको आधिकारिता आफूहरुनै भएको दाबी गरेका हुन ।

निर्वाचन आयोगले सेटिङको भरमा अन्यायपूर्ण निर्णय गरेमा तीन सय केन्द्रीय सदस्य आयोग घेर्न जाने चेतावनी दिए ।

‘म र प्रचण्ड नेतृत्वको नेकपा नै आधिकारिक हुने पक्का छ’, उनले भने, ‘तर सर्वत्र सेटिङ गरेको भरमा गलत निर्णय लिएमा तीन सय केन्द्रीय सदस्य हातमा नागरिकता लिएर आयोग घेर्न लान्छौं ।’

मुलुक र जनताप्रतिको चिन्ता कहिल्यै नलिने ओली उखानटुक्का सुनाउँदै हिँडेको समेत उनले आरोप लगाए ।

निर्मला पन्त, भागरथी भट्टलगायत बलत्कारको सिकार भएका घटनामा सरकारले दोषीलाई अझै कारबाही गर्न नसक्नु दुखद् रहेको बताए ।

सभालाई नेकपा स्थायी कमिटी सदस्यहरु वर्षमान पुन र भीम आचार्य, रामकुमारी झाँक्री, हेमराज भण्डारीलगायतले सम्बोधन गरेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version