काठमाडौं : आज सुनको मूल्य १ हजार १ सय रुपैयाँले सस्तो भएको छ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुन ८९ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ।

त्यस्तै तेजाबी सुन १ हजार ५० रुपैयाँ घटेर ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ।

हिजो छापावाल सुन ९० हजार ९ सय र तेजाबी सुन ९० हजार ४ सय रुपैयाँले कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ।

हिजोको तुलनामा आज २० रुपैयाँ सस्तो भएर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १७ सय ९३ दशमलव १९ अमेरिकी डलरमा कारोबार भएको छ। यो मूल्य २.८७ डलर बढेको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version