काठमाडौं : काठमाडौं महानगरपालिकाले खुलामञ्चभित्र बनाइएका संरचना हटाउन थालेको छ।

 

खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुननिर्माण गर्न निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारहरु अस्थाई रुपमा बस्दै आएका थिए।

 

दुवै भवन निर्माण सम्पन्न भएपनि निर्माणकर्ताले निर्माण सामग्री र कामदार हटाएको थिएन। काठमाडौँ महानगरले खुलामञ्च भित्र भएको अतिक्रमण रोक्न नसकेको आरोप खेप्दै आएको थियो।

 

आज बुधबार बिहानबाट महानगरले डोजर लगाएर त्यस भित्र रहेका घर टहरा साथै सबै संरचना भत्काउन थालेको छ ।

भत्काउने टोलीको संयोजन गरिरहेका काठमाडौँ महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्यालले ३ दिनभित्र खुलामञ्च खाली गरिने बताए। खुलामञ्चभित्र अहिले वीर अस्पताल बनाइरहेको चिनिया निर्माण कम्पनीको साइट कार्यालय र बसपार्क रहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version