नवलपरासी: नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भगौडा’को संज्ञा दिएका छन् ।

पश्चिम् नवलपरासीको बर्दघाटमा तरुणदल जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेता थापाले ओलीलाई संसदबाट भागेको भन्दै ‘भगौडा’को संज्ञा दिएका हुन्।

संसद घटनको अधिकार प्रधानमन्त्रीलाई नभएको बताउँदै नेता थापाले भने,’सरकार चलाउन नसके घरमा गएर सुते हुन्छ ओलीज्यू ।’

उनले अहिलेको लडाइँ चुनावमा जाने वा नजाने नभएर कांग्रेस संविधान रक्षाको पक्षमा रहेको बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version