काठमाडौँ: राष्ट्रिय जागरण परिषद् नेपालले गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ मा राखिएका केही बुँदाहरु सच्याउन माग गरेको छ ।

परिषद्का संयोजक साध्यबहादुर भण्डारीको नेतृत्वमा आज गृहमन्त्रालयमा आएको टोलीले आज गृहमन्त्रीलाई विधेयकमा रहेको केही बुँदा राष्ट्रहित अनुकुल नरहेको भन्दै सच्याउन माग गरेको हो ।

नागरिकता नीति खुकुलो एवम् वितरण मुखी नभई नियन्त्रणारी हुनपर्ने, उच्चस्तरीय न्यायिक अधिकार सम्पन्न नागरिकता छानविन आयोग गठन गरीनुपर्ने लगायतका माग परिषदले राखेको छ ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले नागरिकता सम्बन्धी विधेयक संसदमा विचाराधिन रहेको भन्दै त्रापनपत्रमा उठाईएका विषयबस्तुबारे अध्ययन गरीने बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version