काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको स्थायी कमिटी बैठक सकिएको छ । बैठकले तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट निष्कर्ष निकालेको छ ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै सो समूहका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मूलुकलाई अनिर्णयको बन्दी बनाएर प्रधानमन्त्रीले राजीनामा नदिने बताए । उनले यस विषयमा दलहरुसँग छलफल गर्ने बताए ।

ज्ञवालीले आवश्यक परामर्शपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने वा नदिनेबारे निर्णय लिने बताए ।

उनले भने, ‘मुलुकलाई कसरी राजनीतिक निकाश दिने भन्नेबारे हामी छलफलमै छौं, जे गर्दा देशका लागि सहज हुन्छ प्रधानमन्त्रीले त्यही गर्नुहुन्छ।’

सर्वोच्चको आदेश बमोजिमनै संसद बैठक आह्ववान गर्ने निष्कर्ष आजको बैठकको रहेको समेत नेता ज्ञवालीले बताए। आजको बैठकले संसदीय दलको बैठक र पार्टी केन्द्रीय समितिको बैठक पनि बोलाउने निर्णय गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version