काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपपछि पहिलो पटक प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटन शीतल निवास पुगेका हुन् ।

 

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको थियो ।

 

सर्वोच्चको आदेश अनुसार फाल्गुन २४ गतेभित्र संसद बैठक बोलाउनु पर्ने बाध्‍यतामा रहेका ओलीले यसैबारे छलफलका लागि गएको बुझिएको छ । भेटनमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

 

अदालतको उक्त आदेशपछि बुधबार बसेको नेकपा ओली समूहको बैठकले संसद बैठक बोलाउने निर्णय पनि गरेको थियो ।

 

अहिले प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउने गृहकार्य गरेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version