काठमाडौं: नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली र आफुहरु बीचको अन्तरविरोध सामान्य अन्तरविरोध नभएको बताएका छन् ।

साथै उनले अब ओलीसँग एकताको सम्भावना नरहेको पनि बताएका छन् । शुक्रबार प्राइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने ओली प्रतिगमनकारी भएकाले अग्रगमनकारी र प्रतिगमनकारी सँगै हिड्न र एकता गर्न नसक्ने बताएका हुन् ।

फेरि ओलीसँग पार्टी एकता गरेर जानसक्ने सम्भावना कति छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘मैले त्यस्तो सम्भावना देख्दिनँ । किनभने हाम्रो दूरी पुस ५ अघिसम्म आन्तरिक थियो । त्यसबेलासम्म हामी स्थायी समिति बैठक सँगै नै बसेका थियौ । तर जव उहाँले पार्टीभित्रको विवाद देखाएर संविधानमाथि घात गर्ने, संसद विघटन गर्ने र हुदै नभएको अधिकार प्रयोग गर्ने दुस्साहस गर्नुभयो,त्यसपछि उहाँ र हाम्रो बीचको अन्तरविरोध अब पार्टीभित्रको सामान्य अन्तरविरोध रहेन ।’

त्यसपछि प्रतिगमन र अग्रगमनबीचको लडाई, क्रान्ति र प्रतिक्रान्तिको लडाइ हुन पुगेको प्रचण्डले बताए । उनले ओली अझै पश्चात गर्ने मनस्थितिमा नरहेको भन्दै संसद विघटनमा असफल भएपछि बरु अझै प्रचण्डलाई ध्वस्त पारेरै छोड्ने भन्दै हिँडेको आफुले सुनेको पनि बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version