काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार बुधबारदेखि खुलेको छ । मंगलबार पूर्णरुपमा बन्द रहेको बजारमा आज बिहानदेखिनै कारोबार शुरु भएको कालिमाटीका ब्यापारी भगवान चन्द्र उप्रेतीले बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले सोमबार बजार अनुगमनका क्रममा कालीमाटी फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरेको बिरोधमा मंगलबार कारोबार पूर्णरुपमा बन्द गरेका थिए ।

सरकारी अनुगमनको विरोधमा उत्रिएका व्यवसायीले मंगलबार अबेर मात्र आन्दोलन फिर्ता लिएपछि बजार खुलेको उनले बताए ।

“किसान तथा ब्यापारीहरुले आज बिहानैदेखि बजारमा तरकारी तथा फलफूल लाएका छन् भने कारोबार पनि राम्रै भएको छ । बजार खुलेपनि पहिलेको जस्तो तरकारी आएको छैन ।

आज करिब ४५० मेट्रिक टनको हाराहारीमा तरकारी आएको बताउदै उनले हिजोको बन्द तथा अनुगमनमा भएको बिबादले गर्दा किसानहरुले तरकारी नल्याएको बताए ।उनले भने भोलि बजारमा आजको भन्दा दोबर तरकारी आउने विश्वास ब्यक्त गरे ।

सोमबारको अनुगमनपछि व्यवसायीले कालीमाटी बजारमा तरकारीको बिक्री–वितरण ठप्प पारेका थिए । जसका कारण राजधानीका उपभोक्ता समेत मारमा परेका थिए ।

ब्यापारीहरु अनुगमनको विरोधमा नभएको बताउदै उनले भने सरकारले बजार ब्यबस्तिथ बनाएर कानुन अनुसार अनुगमन गर्नुपर्ने बताए ।

काठमाडौँको ७० प्रतिशत तरकारीको माग कालिमाटीले पुरा गर्ने गरेको ब्यापारी बताउछन् ।

कालिमाटी बजारमा लगभग ६०० को हाराहारीमा तरकारी पसल छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version