बुटवल: अर्थमन्त्री एवं नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले सरकार गिराउने षड्यन्त्र सुरु भएको बताएका छन् ।

‘आफ्नो पार्टीको सरकार गिराउन संवैधानिक दायराबाट बाहिर गएर मध्यरातमा कहिले देउवा, कहिले जसपाका नेतासंग प्रस्ताव बोकेर हिँडेका छन्’ रुपन्देहीको तिलोत्तमामा बिहीबार आयोजित कार्यक्रममा उनले भने, ‘मध्यरातमा अँध्यारा कोठामा तानाबाना बुनिंदै छन् ।’

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा प्रकाशन गरेपछि ओली सरकारविरुद्ध प्रहार सुरु भएको पौडेलले टिप्पणी गरे । विप्लव नेतृत्वको नेकपा र सरकारबीच वार्ता भएर तीन बुंदे सहमति भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री र विप्लवले भोलि सहमति सार्वजनिक गर्ने बताए ।

विखण्डनको पक्षमा नारा लगाउने डा. सीके राउतलाई पनि सम्झाएर सहमतिमा ल्याउन ओली नेतृत्वको सरकार सफल भएको पौडेलले उल्लेख गरे । अर्थमन्त्री विष्णु पौडेलले कोरोना खोप खरिदका लागि बजेट अभाव नभएको पनि बताए । उनले सबै नेपालीलाई सरकारले निशुल्क खोप उपलब्ध गराउंने बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version