काठमाडौँ:
विभाजित कुनै पक्षमा नलागी पार्टी एकता अभियानमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम आज (शनिबार) बस्ने भनिएको ओली समूहको संसदीय दलको बैठकमा पनि नजाने भएका छन्।

प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएको भोलिपल्ट आज ओली समूहको संसदीय दलको बैठक बस्दै छ। बैठक प्रधानमन्त्रीकै निवास (बालुवाटार) मा दिउँसो २ बजे बस्ने बताइएको छ।

त्यसको पूर्वसन्ध्यामा शुक्रबार साँझ नेता गौतम भेट्न उनकै निवास (भैंसेपाटी) पुगेका प्रधानमन्त्री ओलीले आफ्नो संसदीय दलको बैठकमा आउन आग्रह गरेको भन्ने चर्चाबारे गौतमको निजी सचिवालय स्रोतले भन्यो, ‘उहाँ बैठकमा जानु हुन्न।’

साथै शुक्रबार साँझको भेटमा प्रधानमन्त्री ओली र नेता गौतमबीच सञ्चो–बिसञ्चोलगायत व्यक्तिगत कुराकानी मात्र भएको दाबी पनि गौतमको सचिवालय स्रोतले गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version