काठमाडौँ: सेयर बजार घट्ने क्रम बुधबार पनि रोकिएन । यसरी दिन प्रतिदिन सेयर बजार परिसूचक तथा कारोबार खुम्चिदा पूँजी बजारका लगानीकर्ता निराश भएका छन् ।

बुधबार नेप्से १ दशमलब ४७ अंकले घटेर एक हजार १८२ दशमलब ४२ अंकमा झरेको छ । सोमबार नेप्से ८ दशमलब २२ अंक, मंगलबार ४ दशमलब १८ अंकले घटेको थियो ।

आजको कारोबारमा सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ५६ दशमलब ६ अंक र निर्जिबन बीमा ७ दशमलब ७९ अंकले घटेका छन् ।

त्यसैगरी, अन्य २ दशमलब १३ अंक र बाणिज्य बैंक शुन्य दशमलब ७४ अंक, होटल शुन्य दशमलब ९९ अंकले घटेका छन् ।

यधपी, जलबिधुत ९ दशमलब ६१ अंक, उत्पादन २ दशमलब २ अंक र बित्त १ दशमलब १९ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जमा १५३ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार २ हजार ४५६ कारोबारबाट १६ करोड ९२ लाख ९७ हजार ६१५ रुपैयाँ बराबरका ६ लाख ६३ हजार ३९० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।

मंगलबार नेप्सेमा १६१ कम्पनीहरुको ३ हजार २२४ कारोबारबाट १७ करोड ९५ लाख ५८ हजार ९३० रुपैयाँ बराबरका ६ लाख ७० हजार १७३ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version