धनगढी: दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ अरू ४ जना घाइते भएका छन्।

शनिबार बेलुका सवा ५ बजेतिर शैल्यशिखर नगरपालिका-८ अमतोलीबाट लेकम गाउँपालिका-४ रिठाचौपातातर्फ जाँदै गरेको ग ३ च १६९३ नं. को जीप दुर्घटना भएको हो।

३८ वर्षीय करन नाथले चलाएको उक्त जीप लेकम गाउँपालिका-६ स्थित उचकोट भन्ने स्थानमा कच्ची सडकखण्डबाट अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ।

जीपमा सवार–७ जनामध्ये ३ जनाको घटनास्थलमा नै मृत्यु भएको र ४ जना घाइतेलाई गोकुलेश्वर अस्पताल पठाएको प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

मृत्यु हुनेमा जीप चालक चालक नाथ, शैल्यशिखर नगरपालिका-८ की ७० वर्षीया सुनादेवी पन्त र सोही ठाउँका ४० वर्षीय पदमराज पन्त छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version