काठमाडौँ:
साविक नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बसेको स्थायी कमिटी बैठक यो पार्टीको अन्तिम भएको बताएका छन्।

नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा अघि साँझ सम्पन्न स्थायी कमिटीको बैठकले सर्वाेच्च अदालतको फैसलाअनुसार अब एमाले र माओवादी केन्द्रकै रूपमा अलग्गिने निर्णय गरेपछि प्रवक्ता श्रेष्ठले नेकपाको बैठक यो नै अन्तिम भएको बताएका हुन्।

यस्तो छ उनको भनाइ :
सर्वाेच्चले गरेको फैसला रिट निवेदनको मागदाबीभन्दा बढी गएर राजनीतिक फैसला गर्‍याे। बाहिर गएर फैसला गरिएको छ। एकीकृत पार्टीलाई विभाजन गर्ने गरी आयो। गम्भीर असहमति हुँदाहुँदै पनि आफ्नै ढंगले कार्यान्वयनको प्रक्रियामा जाने निर्णय गरिएकाे छ।

राजनीतिक रूपमा र कानुनी ढंगले उपचार खोज्ने, संघर्ष गर्ने। २०७५ जेठ ३ गते एकीकरण गरी निर्माण गरिएको नेकपाको उद्देश्यमा गम्भीर रुपमा उभिने निर्णय पनि गरेको छ। पार्टी एकता सही थियो भनेर समीक्षा गरेका छौं।

वामपन्थी एकता जारी राख्छौं। सर्वाेच्च अदालतको फैसलाप्रति न्यायिक निरूपणका लागि जाने। नेकपाको बैठक यही नै अन्तिम हो।

दुई पार्टीको बीचमा एकीकरणको प्रक्रिया अघि बढाउँछौं। निर्वाचन आयोगमा गएर कार्यान्वयनका लागि हिजोको फैसलापछि उहाँले राजीनामा दिनुपर्ने हुन्छ, त्यसबारे आवश्यकताअनुसार फैसला गछौं। ठोस प्रक्रिया अगाडि बढाउनेबारेमा छलफल गछौं। अरु प्रक्रियाको बारेमा आफ्नोआफ्नो ठाउँबाट छलफल गरिन्छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version