काठमाडौं:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरानो बसपार्कमा भ्यु टावर निर्माण अघि बढाएका व्यवसायी मनोज भेटवालसहित ६ जनालाई नियन्त्रण लिएर विशेष अदालत काठमाडौंमा ११ वटा मुद्धा दायर गरेको छ।
यीबाहेक विभिन्न व्यक्तिका विरुद्धमा पनि मुद्धा दर्ता गरिएको आयोगले जनाएको छ।
आयोगले साविकको रोयल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक बसन्त मल्ल, बरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध संचालक मधुवनलाल श्रेष्ठ, इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका संचालक मनोज कुमार भेटवाल, ऋणी भैरब प्रसाद भेटवाल र रविन लामासमेतलाई नियन्त्रणमा लिई मुद्धा दायर गरेको हो।
सार्वजनिक सम्पत्ती हानिनोक्सानी गरेको भन्दै उनीहरु विरुद्ध मुद्धा दर्ता गरिएको हो। भिन्दाभिन्दै सम्पत्ती हानिनोक्सानीको कसुरमा ११ वटा आरोपपत्र दायर गरि कुल ४० करोड ३३ लाख रुपैयाँ बराबरको बिगो दाबीसहित मुद्धा दायर गरिएको छ।
