काठमाडौँ: यस वर्षको महाशिवरात्रि पर्व यही फागुन २७ गते बिहीबार मनाइँदै छ । पर्वका अवसरमा काठमाडौँस्थित पशुपतिनाथ मन्दिर र देशभरका शिवालयहरूमा भक्तजन तथा साधुसन्तहरूको भिड लाग्छ ।

पशुपति क्षेत्र विकास कोषले शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि सबै तयारी पूरा भएको जनाएको छ ।

कोषले ११ वटा उपसमितिहरू बनाएर महाशिवरात्रि पर्व व्यवस्थापनको काम गरेको छ । पशुपतिनाथ मन्दिर क्षेत्रमा करिब ८ लाख भक्तजन आउने कोषको अनुमान छ । भक्तजनको व्यवस्थापन र सुरक्षाका लागि नेपाल प्रहरीबाट ७ हजार र सशस्त्र प्रहरी बलबाट ३ हजार सुरक्षाकर्मी खटाइने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए ।

कोभिडको जोखिम कायमै रहेकाले दर्शन गर्न आउने भक्तजनलाई अनिवार्यरूपमा मास्क लगाएर आउन पनि उनले अनुरोध गरेका छन् ।

‘लाखौँको संख्यामा भक्तजन आउने हुँदा कोभिड सम्बन्धी स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ’ मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मास्क अनिवार्य लगाउनुपर्छ, नलगाएको पाइएमा मन्दिर प्रवेश गर्न दिइने छैन ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version