काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले माधव नेपाल समूहको कब्जामा आउने बताएका छन्।

बुटवलमा शुक्रबार आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डले नेपाल समूहले एमाले कब्जा गर्न नसके विद्रोह गर्नुपर्ने अवस्था आउने बताएका हुन्।

‘या त माधवजीहरुले छिट्टै एमाले क्याप्चर गरेर केपी ओलीलाई हटाउने स्थिति हुन्छ। होइन भने विद्रोह गर्ने स्थिति बन्छ’, प्रचण्डले भने, ‘उहाँहरु हामी मिलेर फेरि एउटा आन्दोलनकारी ठूलो कम्युनिस्ट शक्ति बनाउछौँ।’

उनले प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उनको कदमविरुद्ध नेपाल र खनालसहित देश दौडहामा निस्केको र त्यस क्रममा आफूहरुबीच भावनात्मक संम्बन्ध बनेको बताए।

अध्यक्ष प्रचण्डले अबको आफ्नो मुख्य जोड भनेको संगठन निर्माण रहेको बताउँदै अबको तीन वर्षमा आफू काठमाडौँ छाडेर बाहिर बस्ने र माओवादी केन्द्रलाई एक नम्बरको पार्टी बनाउने बताए।

‘अब म काठमाडौँ कम बस्छु र जिल्लाहरुमा बढी’, उनले भने, ‘दुई–तीन वर्ष दुःख गर्ने हो भने माओवादी केन्द्र एक नम्बर पार्टी बन्नसक्छ, त्यो तागत अझै हामीसँग छ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version