काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले अध्यक्ष केपी ओलीद्वारा अयोजित चियापान कार्यक्रममा नजाने निर्णय लिएको छ ।​ धुम्बाराहीबाट फर्किएपछि बानेश्वरमा बसेको​ खनाल नेपाल समूहको केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकले उक्त निर्णय लिएको हो ।

यस्तै आफ्नो समूहका नेता कार्यकर्तालाई उक्त चियापानमा नजान पनि बैठकले निर्देशन दिएको छ । ओलीले भोलि प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम राखेका छन् ।

यस्तै खनाल नेपाल समूहले शनिबार चैत ४ र ५ गते तय गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई नरोक्ने भएको छ । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने खनाल नेपाल पक्षको भनाइ छ । अध्यक्ष ओलीसँगको छलफल निष्कर्षमा नपुगेकाले निर्धारित कार्यक्रम नरोकिने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version