काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट छिटो बिदा नगरे इतिहासले माफी नगर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा उनले ‘राज्यका सबै अंग र साधन स्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाईलको चुनाव गराएर प्रधानमन्त्री ओली चक्रवर्ती बादशाह बनिरहने’ सपनाबाट पछि हट्ने छाँटकाँट नदेखिएको टिप्पणी गर्दै उनलाई पदबाट छिटि बिदा नगरे इतिहासले माफी नगर्ने बताएका हुन् ।

उनले लेखेका छन्-“राज्यका सबै अंग र साधन स्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो बिदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है !”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version