काठमाडौँ: नेकपा एमालेले पदाधिकारी र स्थायी समितिको सिफारिस गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललाई दिएको छ।

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै अध्यक्षमा ओली र महासचिवमा पोखरेलाई यथावत राख्ने निर्णय गरेको हो।

महाधिवेशन आयोजक समितिका अन्य पदाधिकारी र स्थायी समितिको सिफारिस गर्ने जिम्मा अध्यक्ष र महासचिवलाई दिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

‘महाधिवेशन आयोजक समितिमा रहने पदाधिकारी र स्थायी समितिका बारेमा अर्को बैठकमा प्रस्ताव प्रस्तुत गर्ने जिम्मा अध्यक्ष र महासचिवलाई दिने निर्णय गरेको छ’, प्रवक्ता ज्ञवालीले भने।

त्यस्तै केन्द्रीय सदस्यको कार्यविभाजन गर्न विष्णु पोडेल, टोपबहादुर रायमाझी र शंकर पोखरेल रहने कार्यदल गठन गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए।

उक्त बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष भने उपस्थित भएको थिएन्। उपाध्यक्ष वामदेव गौतम संसदीय दलको बैठकमा बसे पनि केन्द्रीय समिति बैठकमा भने बसेनन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version