काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा) का नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्ताका लागि जसपाका नेताहरु महन्त ठाकुर, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला बालुवाटार पुगेका हुन्।

उनीहरुबीच जारी वार्ता सत्ता समीकरणमा केन्द्रित रहेको बताइएको छ।

रेशम चौधरीको रिहाइलगायतका आफ्ना मागहरूबारे सरकारको आधिकारिक धारणा लिन नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेको जसपाका एक नेताले बताए ।

पछिल्लो समय सत्ता समीकरणबारे जसपाभित्र पनि विवाद देखिएको छ । गत बिहीबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले बिनासर्त ओलीको विकल्पमा तीन दलको गठबन्धन सरकार बनाउने प्रस्तावसहितको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने तयारी गरेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version