काठमाडौँ: नेकपा एमालेको केन्द्रीय कार्यालय वैशाख १ गतेबाट थापाथली सर्ने भएको छ।

थापाथलीस्थित नयाँ पार्टी कार्यालयको बुधबार प्रधानमन्त्रीले निरीक्षण गरेपछि सर्ने मिति घोषणा गरिएको हो।

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले वैशाख १ गते पार्टी कार्यालय सर्ने बताए। उनले नयाँ कार्यालय ५ वर्षका लागि सम्झौता भएको जानकारी दिए।

‘वैशाख १ गतेबाट पार्टी कार्यालय सर्छ, त्यसका लागि हामीले ५ वर्षको एग्रिमेन्ट गरेका छौँ’, दुगडले पत्रकारसँग भने।

उनले आफूले घरधनी सञ्जय अग्रवाललाई चिनेका कारण कार्यलय सार्ने विषयमा पहलकदमी लिएको बताए।

पौने चार रोपनी क्षेत्रफलमा फैलिएको भवन साढे २ तलाको छ। यसको कम्पाउन्डमा २५ वटा गाडी पार्किङ गर्न मिल्छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version