काठमाडौं: ग्लोबल आइएई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’जारी गरेको छ। अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने प्रावधान अनुसार बैंकले डलर कार्ड जारी गरेको हो।

बैंकले जारी गरेको डलर कार्डबाट भारत बाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सअप लगायत सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवद्र्धन गर्न सकिनेछ।

नागरिकता र प्यान कार्ड पेश गरेर बैंकमा खाता खोलेर यो सुविधा लिन सकिने बैंकले जनाएको छ। यसका लागि पाँच सय रुपैयाँ सेवा शुल्क तिर्नुपर्ने बैंकले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version