काठमाडौं ः छिमेकी मित्रराष्ट्र चिनले नेपालका आठ लाख डोज कोभिड १९ विरुद्धको खोप प्रदान गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित विशेष कार्यक्रममा नेपालका लागि चिनका राजदुत हउ यान्छीले उक्त खोपसम्बन्धी दस्तावेज नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चिनबीचको मैत्री सम्बन्ध थप सृदृढ बनाउन खोप हस्तान्तरण कार्यले थप योगदान गरेको बताउनुभयो । चिनले आफ्नै देशमा खोपको विकास गरी मानवजीवन रक्षाका लागि काम गरेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाल सरकार पनि महामारीबाट जनजीवन जोगाउने कुरालाई सर्वाधिक महत्व दिँदै ‘जीवन पहिलो’को नीतिमा अघि बढेकोसमेत बताउनुभयो ।

हाम्रा दुवै छिमेकीबाट खोपको सहयोग भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारले खरिदका लागि समेत सरकारले तयारी गरेको जानकारी दिनुभयो ।

पहिलोमा डोजमा जुन, दोस्रो डोजमा त्यही

प्रधानमन्त्रीले कोभिड विरुद्ध पहिलो डोजमा जुन प्रकारको भ्याक्सिन दिइएको हो दोस्रो डोजमा पनि सोही प्रकारको भ्याक्सिन दिइने बताउनुभयो । केही व्यक्तिबाट दोस्रो डोज फरक कम्पनीको भ्याक्सिन दिइने भन्दै अन्यौल सृजना गर्ने ढंगले टिप्पणीहरु हुन थालेको तर्फ प्रधानमन्त्रीको संकेत थियो । ‘सरकारले दुईवटै डोज एउटै कम्पनीको दिने गरी व्यवस्था गरिसकेको छ’ कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदुत हउ यान्छीले खोप हस्तान्तरण चिनियाँ राष्ट्रपति सि सिन पिङको ‘भ्याक्सिनलाई विश्वव्यापी सार्वजनिक सम्पत्ति बनाउने प्रतिबद्धताको कार्यान्वयन भएको बताउनुभयो ।

 

यसका साथै खोप हस्तान्तरण दुई देशबीच जनताको स्वास्थ्यप्रतिको प्रतिवद्धताको प्रतिकसमेत भएको धारणा उहाँको थियो । चिनिया पक्ष प्रधानमन्त्री ओलीको नेतृत्वमा कोभिड १९ लाई परास्त गर्न गरिएका प्रयासबारे राम्ररी जानकार रहेको समेत उहाँले उल्लेख गर्नुभयो । कोरोना प्रकोपको सामान्यिकरण सँगै विकास योजना लगायत नेपाल र चिनबीचका दुई पक्षीय सम्बन्धका विविध आयामहरुले गति लिने विश्वास पनि उहाँको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version