काठमाडौँ: बुटवल नारायणघाट सडक खण्डको विस्तारका कारण वाटो थोरबहुत असहज भएको छ । हवाई यात्रालाई थप सहज र सजिलोका लागि बुध्द एयरले भैरहवा तथा नेपालगञ्जमा थप १ उडान विस्तार गर्न लागेको छ । यससँगै भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान हुने प्रेस विज्ञप्तिमा जनाएको छ ।

यसैगरि केही साताभित्रै धनगढीमा पनि थप १ उडान भर्ने कम्पनीले जनाएको छ ।

बुध्द एयरले केही समय अगाडी मात्रै एटीआर-७२ जहाज थप गरेको थियो । यसैगरि आउँदो मे महिनामा अर्को एटीआर-७२ जहाज पनि थप्ने बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताएका छन् ।

जहाज थपिएसँगै ९ वटा एटीआर-७२, तीनवटा एटीआर-४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज बुध्द एयरसँग रहेको छ ।

बुध्द एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउण्टेन फ्लाईट पनि गरिरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version