काठमाडौं । कृषि विकास बैंकले आयोजना गर्न गइरहेको चौंथो नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको मिति परिवर्तन भएको छ । यही चैत २७, २८ र २९ गते आयोजना हुने भनिएको प्रदर्शनी २०७८ भदौ १८ देखि २० गतेका लागि तय भएको हो । प्रदर्शनी भरतपुर स्थित चितवन एक्स्पो सेन्टरमा आयोजना हुनेछ ।

कृषि क्षेत्रको व्यवसायिक विकास गर्ने उद्देश्यले सन् २०१७ देखि आयोजना हुँदै आइरहेको प्रदर्शनी छिमेकी मुलुकहरुमा कोभिड संक्रमितको संख्या बढेसँगै समय परिवर्तन गरिएको बैंकले विज्ञप्ती मार्फत जानकारी गराएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकार, स्वास्थ्य मन्त्रालयल तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अनुरोधलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनीको मिति परिवर्तन गरि १८ देखि २० गतेका लागि तय गरिएको जानकारी गराउँदछौं ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version