काठमाडौँ: पार्टीको निर्देशन (ह्विप) विपरीत विश्वासको मत दिएर आफ्नो पद र सरकार जोगाइदिने एमालेका तीन सांसदलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री बनाएका छन्।

विश्वासको मत लिएको भोलिपल्ट शनिबार प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दै माओवादी केन्द्रबाट मुख्यमन्त्री शाहीले ‘फ्लोर–क्रस’ गर्ने एमालेका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्रीमा नियुक्ति गरेका हुन्।

शनिबारै एमाले प्रदेश कमिटीले उनीहरूलाई पार्टीबाट निष्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाहीका लागि पार्टीको केन्द्रमा सिफारिस गरेको छ।

मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसलाई पनि सरकारमा समेट्ने तयारी गरेका छन्। थप मन्त्री आइतबार टुंगो लाग्ने र सकेसम्म सँगै शपथ गराउने बताइएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version