काठमाडौँ:काठमाडौँ उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कारोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाभित्रका सबै विद्यालय बन्द गर्न सुझाव दिएका छन् ।

पछिल्लो समय विद्यालय उमेर समूहका बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो दरमा देखिएको हुँदा केही दिन विद्यालय बन्द गर्नेुपर्ने उनीहरुले सुझाव दिएका हुन् ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को आइतबार बसेको बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रमुखहरुहरुले बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन केही दिन बिद्यालय बन्द नै गर्नुपर्नु सुझाव दिएका हुन् ।

बैठकमा बालबालिकाहरुमा कोरोना संक्रमण बढ्दै गएको, स्वास्थ्य जनसंख्या मन्त्रालयले पनि उपत्यकालाई अति प्रभावित जिल्लाको सूचीमा राखेका हुँदा केही दिन विद्यालय लगायत धेरै भिडभाड हुने स्थानहरु बन्द गर्ने विषयमा छलफल भएको काठमाडौँ जिल्ला प्रशासन कार्यालय प्रमुख कालिप्रसाद पराजुलीले बताए ।

उनले भने ‘कम्तिमा पनि दुई हप्ता विद्यालय बन्द गर्ने सुझाव दिएका छौँ ।’

त्यसपछि पनि संक्रमण कम नभए जोखिमको अवस्था हेरेर थप निर्णय लिनुपर्ने सुझाव आफूहरुले दिएको उनको भनाइ छ ।

शनिबार बसेको सीसीएमसी बैठकले पनि विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने विषयको कार्यान्वयन भने मन्त्रिपरिषद्ले गर्ने उनले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version