काठमाडौँ: शेयर बजार परिसूचक मापक नेप्सेमा आइतबार ३६ अंकको करेक्शन आएको छ । लगातार बढेर २७३५ अंकमा आइतबार खुलेको बजार परिसूचक प्रि-ओपनिङ्गमा २४.५१ अंकले बढेर २७५९.९० बिन्दुमा पुगेको थियो ।

नियमित कारोबारको सुरुवातदेखि नै दबाबामा रहेको नेप्से ११ बजेर ३४ औं मिनेटमा सम्हालिन खोजेपनि २० मिनेटमान नै पुनः उच्च बिक्री चाप आएपछि तल झरेको थियो । बजारको चौंथो घण्टासम्म नेप्से ३५.८९ अंकले घटेर २६९९.५१ बिन्दुमा बन्द भएको छ ।

बजार घटेसँगै लगानीकर्ताको शेयर मापक कुल बजार पूँजीकरण आइतबार ४९ अर्ब ६८ करोड रुपैयाँले घटेर ३७ खर्ब ३७ अर्ब ८२ करोड रुपैयाँमा समेटिएको छ । गत बिहीबार ३७ खर्ब ८७ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।

कारोबारमा आएका १३ उपसमहुका सूचकमध्ये म्युचुअल फण्ड सामान्य सकारात्मक भएपनि बाँकी सबै ऋणात्मक बनेका छन् । ब्यापार सूचक सर्वाधिक ३.२७ प्रतिशतले घट्दा होटल तथा टुरजम् २.३२, बैंकिङ्ग, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन र अन्य गरी ७ वटा सूचक १ प्रतिशतले घटेको छ ।

आइतबार २०७ कम्पनीका १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता शेयर ९३ हजार ५६८ पटक खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ८० करोड १८ लाख नाघेको छ ।

ऋणात्मक बजारमा पनि चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । हालसालै कारोबारमा आएका महिला लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्स सहित दिब्यश्वरी हाइड्रोपावर रनेपाल हाइड्रो डेभलोपर लिमिटेडको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको हो ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट तथा जोशी हाइड्रोपावको शेयरमा लगानी गरेका लगानीकर्ताले ५ प्रतिशत बण्ढीले नाफा कमाएको आइतबारको बजारमा अरुण काबेली, युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र एचआइडिसीएलको मूल्य पनि ३ प्रतिशतले बढेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version