काठमाडौँ: नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले अविश्वास प्रस्ताव ल्याउन सक्ने सम्भावनाबारे आज बालुवाटारमा छलफल भएको छ।

एमाले महाधिवेशन आयोजक कमिटीको आइतबारको बैठकमा अविश्वास प्रस्ताव आउन सक्नेबारे छलफल भएको हो।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेको छ।

‘अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेको छ। प्रतिपक्षले ल्याउने कुरा त धेरै ठूलो कुरा भएन। तर कर्णालीकै जस्तो विभिन्न ठाउँमा ‘फ्लोर क्रस’ गराउन पनि प्रयास हुँदै गरेका छन्, तीबारे आवश्यक जानकारी लिइरहेको र यसबारे पछि निर्णय गर्ने गरी छलफल भएको छ,’ बालुवाटारमा उनले पत्रकारहरूसँग भने।

एमालेमा माधवकुमार नेपाल पक्षले समानान्तर गतिविधि गरिरहेको छ। उक्त समूहले फ्लोर क्रस गर्ने गरी अविश्वास प्रस्ताव आउन सक्ने भन्दै आज बालुवाटारमा छलफल भएको हो।

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्रीमा एमाले सांसदहरूले नै फ्लोर क्रस गरी विश्वासको मत दिएका थिए। चार जना सांसदलाई एमालेले सांसद र पार्टी साधारण सदस्यताबाटै निष्कासन गरिसकेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version