काठमाडौँ: सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने बताएको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि आइतबार बालुवाटारमा संवाददाताहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले तत्काल देशभरि लकडाउन नगर्ने बताए।

‘लकडाउनले कोरोना संक्रमणको जालो त तोड्छ तर त्यो दीर्घकालीन समाधान होइन। अर्थतन्त्र पनि भर्खर तंग्रिन लागेको छ,’ ज्ञवालीले भने,‘कोरोना बढ्यो भने स्थानीय स्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं।’

मन्त्री ज्ञवालीले सरकारको ध्यान नागरिकहरूमा जनचेतना फैलाउने र स्वास्थ्य मापदण्ड पालना गराउनेमा केन्द्रीत हुने बताए।

एमाले प्रवक्तासमेत रहेका ज्ञवालीले आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका संगठनहरूलाई कोभिड नियन्त्रणका कार्यमा खटिन निर्देशन दिएको बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version