काठमाडौँ: सरकारले बैशाख १६ गते बिहीबारदेखि जारी गर्ने निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुले निरन्तर सेवा दिने भएका छन् ।

राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलमा काठमाडौं, ललितपुर, भक्तपुर सहित निषेधाज्ञा जारी हुने जिल्लाका शाखा कार्यालयहरु दैनिक चार घण्टा बैंकिङ्ग सेवा दिने सहमति जुटेको हो ।

संक्रमणको अवस्था र ग्राहकको भीडको अवस्थालाई हेरेर आगामी दिनमा आवश्यक थप निर्णय लिइने बैठकले निर्णय गरेको छ ।

सहमति अनुसार राजधानी उपत्यकाका बैंकको शाखा कार्यालयहरु १० देखि २ बजेसम्म खुला हुनेछन् । अत्यावश्यक सेवाभित्र पर्ने बैंकिङ्ग सेवा सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर शाखा खोलिनेछ ।

यस्तै निषेधाज्ञाको अवधिभर सकभर अनलाइन कारोबार गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

उता नेपाल बैंकर्स सघ सुदूरपश्चिम एकाईले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञा जारी जिल्लाहरुमा बैंकहरु बिहान १० देखी १ बजेसम्म मात्रै बैंकको शाखा खुला हुने जनाएको छ ।

नेपाल बैंकसं संघ सुदूरपश्चिम एकाईका संयोजक बिरुराम जैशीले कोरोना संक्रमण न्यूनीकरण तथा रोकथाम गर्न बैंक तथा वित्तीय संस्थाहरूबाट बिहान १० देखी १ बजेसम्म सेवा दिने निर्णय गरिएको जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version